नेपालगञ्जमा करेन्ट लागेर एक बालकको मृत्यु
- नेपालगञ्जबाँकेको कोहलपुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । घास काट्ने क्रममा करेन्ट लागेर कोहलपुर नगरपालिका–१२ का १४ वर्षीय बालक सन्दीप अर्यालको मृत्यु भएको हो ।
घाँस काट्नका लागि कुसुमको रुखमा चढेका सन्दीपले विद्युतको हाइटेन्सन लाईनमा छुन पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले कोहलपुर–१२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा सन्दीपलाई करेन्ट लागेको बताउनुभयो ।
करेन्ट लागेर घाइते भएका सन्दीपलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।