रोल्पामा जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई बालक घाइते
- रोल्पारोल्पाको त्रिवेणी गाउँपालिका–७ नन्दी खोला नजिकै जिप दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । दुई बालक घाइते भएका छन् ।
घर्तीगाउँबाट दाङतर्फ जाँदै गरेको लु १ च ९४०६ नम्बरको जिप हिजो बेलुकी दुर्घटना हुँदा गंगादेव गाउँपालिका–२ कि सीता खड्काको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी रुन्टीगढी गाउँपालिका–९ स्थित जनकल्याण माविकी शिक्षिका हुन् । घाइते मध्य एक बालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहित कुमार शाहीले दुवै बालकको उपचार र हेरचाहको लागि दाङ पठाइएको बताउनुभयो । दुर्घटनापछि चालक फरार भएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।