कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
- कञ्चनपुरकञ्चनपुरको भीमदत्त नगरपालिका–१२ भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा भीमदत्त–१३ बडैपुरका २१ वर्षीय गणेश विष्ट र वडा नम्बर–१६ का २१ वर्षीय कैलास सिंह साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताउनुभयो । गएराति दोधारा चाँदनीबाट महेन्द्रनगर आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो ।