समाज

अवैध रुपमा ल्याएको १७ लाख बढीको औषधि बरामद

- शंकर आचार्यपर्सा

भारतबाट अवैध रुपमा ल्याइएको करीब १८ लाख रुपैयाँ बराबरको औषधि पर्साबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर ल्याइएको १७ लाख २१ हजार रुपैयाँ बराबरको औषधि सशस्त्र प्रहरी बलको वीरगञ्जस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले बरामद गरेको हो । 

विशेष सूचनाको आधारमा भन्सार कार्यालय पर्साको सहयोगमा सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–५ कुमाल टोलस्थित सहबाज अहमदको घरमा छापा मारेको थियो । 

अहमदको घरमा तलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा सो मूल्य बराबरको औषधि बरामद भएको जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिनुभयो । 

बरामद औषधि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डीएसपी धामीले जानकारी दिनुभयो ।