दाङमा चिर्पट प्रहार गरी श्रीमानको हत्या
- दाङचिर्पट प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगमा दाङबाट एक महिला पक्राउ परेकी छन् । हत्या अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दीकी ५० वर्षीया संगीता सुनारी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादमा संगीताले चिर्पट प्रहार गर्दा ६५ वर्षीय श्रीमान पुनाराम सुनारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
चिर्पट प्रहारबाट पुनारामको घटनास्थलमै मृत्यु भएको एसपी तिमिल्सिनाले बताउनुभयो ।
संगीतालाई पक्राउ गरी अनुसन्धान थालेको उहाँले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानमा संगीताले श्रीमानले मदिरा सेवन गरी जबरजस्ती करणी गर्न खोजेपछि चिर्पट प्रहार गरेको बयान दिएको प्रहरीले जनाएको छ ।