समाज

दोलखामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

- केदार शिवाकोटीदोलखा

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

दुर्घटनामा परि गौरीशंकर–४ की फूलमाया शेर्पा र ३२ वर्षीय डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गएराति बा १६ च ७६५१ नम्बरको जिप दुर्घटनामा परी फूलमायाको घटनास्थलमै र डोल्मा शेर्पाको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।