समाज

चोरीको मोटरसाइकलसहित वीरगञ्जबाट एक पक्राउ

- शंकर आचार्यपर्सा

चोरीको मोटरसाइकलसहित पर्साको वीरगञ्जबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३१ का १९ वर्षीय विद्यानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले असार ९ गते राति वीरगञ्ज–३१ कोनिया टोल बस्ने विजय पटेलको घर अगाडिबाट मोटरसाइकल चोरी गरी लगेका थिए । प्रहरी चौकी मिलनचोकबाट खटिएको टोलीले मोटरसाइकलसहित महतोलाई नियन्त्रणमा लिएको थियो । 

महतोलाई चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालले जानकारी दिनुभयो ।