दाङमा मोटरसाइकल दुर्घटना, दुई किशोरको मृत्यु
- दाङदाङको घोराहीमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ । दुर्घटनामा गढवा गाउँपालिका–८ घर भई हाल घोराही उपमहानगरपालिका–१७ भैंसाहीमा डेरा गरी बस्ने १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घोराही–२, रामपुरबाट घोराही बजारतर्फ जाँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही–४ सिस्ने खोलामा अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा घाइते दुवै जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतीका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ ।