समाज

दाङमा सर्पले डसेर एक शिक्षकको मृत्यु

- दुर्गालाल केसीदाङ

सर्पले डसेर दाङको देउखुरीस्थित एक सामुदायिक विद्यालयका शिक्षकको मृत्यु भएको छ । 

राजपुर गाउँपालिका–३, खरदरीयास्थित शंकर माविका शिक्षक शालिकराम यादवको सोमबार सर्पले डसेर मृत्यु भएको हो । 

खरदरीयास्थित घरमै सर्पले डसेर गम्भीर बिरामी परेका यादवको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।