खेलकुद

बुढासुब्बा गोल्डकपको उपाधिका लागि दाफिन्स र आयोजक भिड्दै 

- २१ औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधिका लािग आज क्यामरुनी दाफिन्स फुटबल फेमिली र आयोजक धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । धरानस्थित रंगशालामा दिउँसो ३ बजे २ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 नेपालमा व्यवसायिक फुटबलका लागि आएको क्यामरुनी टोली दोस्रो उपाधि जित्ने योजनामा रहेको छ । यसअघि पोखरा गोल्डकपको उपाधि उचालेको दाफिन्स घरेलु टोलीको चुनौती पन्छाउँदै उपाधि हत्याउने योजनामा रहेको छ । 

आयोजक घने घरेलु मैदान र दर्शकको साथमा पाहुन टोलीलाई बलियो चुनौती दिने लक्ष्यमा मैदान उत्रनेछ । सेमिफाईनलमा दाफिन्सले बिभागीय नेपाल पुलिसलाई तथा आयोजकले संकटा क्लबलाई हराएका थिए । 
गोल्डकपको बिजेताले ८ लाख तथा उपबिजेताले ४ लाख रुपैयाँ हात पार्नेछन् ।