खेलकुद

आईसीसी वुमन्स एसियन छनोट नेपाली टोली थाईल्याण्ड प्रस्थान

काठमाडौं

थाईल्याण्डमा हुने आईसीसी वुमन्स एसियन छनोट क्रिकेट खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । रुबिना क्षेत्रीको कप्तानीमा १४ खेलाडी सहित २२ सदस्सीय टोली बैँकक गएको हो । ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको पहिलो खेलमा नेपालले आगामी मगंलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेलमा नेपालले ९ गते आयोजक थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, १० गते यूएई, १२ गते हङकङ, १३ गते चीन र समूह चरणको अन्तिम खेलमा १५ गते कुबेतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले अष्ट्रेलियामा सन् २०२० मा हुने आईसीसी टी–२० महिला विश्वकपमा स्थान बनाउनेछ ।