खेलकुद

स्पेनद्वारा नर्वे २–१ ले पराजित

एजेन्सी

स्पेन, इटली र ग्रिसले युरोपियन च्याम्पियनसिप छनोटमा विजयी सुरुवात गरेका छन् । समूह एफ अन्तर्गत गएरातिको खेलमा स्पेनले नर्वेलाई २–१ ले पराजित ग¥यो । स्पेनको जितमा क्याप्टेन सर्गियो रामोश र रोड्रिगोको गोल गरे भने जोसुवा किङले नर्वेका लागि सान्त्वना गोल फर्काएका थिए । 

रसिया विश्वकपमा छनोट हुन नसकेको इटलीले युरोपियन च्याम्पियनसिप छनोटमा भने विजयी सुरुवात गरेको छ । उसले फिनल्याण्डलाई २–० ले पराजित ग¥यो । मोईसे केन र निकोलो बरेल्लाले इटलीको जितमा गोल गरे । 

ग्रिसले भने लिस्टेनटाईनलाई र स्विटजरल्याण्डले जर्जियालाई समान २–० ले पराजित गर्दा स्विडेनले रोमानियालाई २–१ ले पाखा लगायो । अर्को खेलमा बोस्निया हर्जगोभिनाले अर्मेनियालाई र माल्टाले फारोस आईसल्याण्डलाई समान २–१ ले पराजित गरेका छन् ।