खेलकुद

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १६ खेल हुँदै

काठमाडौं

प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज विभिन्न १६ वटा खेलमा प्रतिस्पर्धा हुँदैछ । भारोत्तोलनका सम्पूर्ण स्पर्धाहरु आज सकिनेछन् । नेपालगञ्जको नगरभवनको हलमा अन्तिम दिनका खेलहरु हुनेछन् । 

दाङको बेलझुण्डीमा एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । पुरुष र महिलाको म्याराथन हुनेछ भने ४ सय मिटर हडल्स तथा ८ सय मिटर र ४ सय मिटरको महिला–पुरुष तर्फ स्वर्ण पदकका लागि स्पर्धा हुनेछ । भैरहवाको ब्याडमिन्टन कभर्डहलमा तेक्वान्दो र दाङको तुल्सीपुरमा कराँतेका खेलहरु हुनेछन् । 

बाँकेको खजुरा भलिवल एकेडेमीमा महिला र पुरुष भलिवलका बिभिन्न स्पर्धा सञ्चालन हुँदा नेपालगञ्ज कभर्डहल परिसरमा उसु र हृयान्डबलमा खेलाडिले कोशल देखाउने छन् । नेपालगञ्जकै महेन्द्र रंगशालामा आईटीएफ तेक्वान्दो र सुटिङरेञ्जमा स्पर्धा हुनेछ ।

नेपालगञ्जस्थित जुडो हलमा जिम्न्याष्टिकको खेल हुनेछन् । बुटबलमा सफ्ट टेनिसमा हुँदा कोहलपुर, लमही र रुपन्देहीमा क्रिकेटका खेलहरु हुनेछन् । बर्दियामा सेपाकताक्रोको सेमिफाईनल हुनेछन् । बर्दियामै खोखोका बाँकी खेलमा प्रतिस्पर्धा हुँदा नेपालगञ्जमा पौडी र पोखरामा प्याराग्लाईडिङका बाँकी खेलहरु सञ्चालन हुनेछन् ।