खेलकुद

ललित मेमोरियल यु–१८ फुटबल : एनआरटीको विजयी शुरुवात

काठमाडौं

- न्युरोड टिम एनआरटीले ललित स्मृती अण्डर–१८ फुटबल च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पाखा लगाउँदै एनआरटीले सुखद सुरुवात गरेको हो ।

एनआरटीको जितमा रिजन माझी, कृतिशरत्न छुन्जु, सुशान शर्मा धिताल र विवेक राईले गोल गरे । च्यासलका शिरव लो तामाङले १ गोल फर्काए । 

प्रतियोगितामा सहभागी १४ टोलीलाई ३ समुहमा बिभाजन गरिएको छ । समुहका बिजेता र उपबिजेतासंगै तेस्रो स्थानमा रहने उत्कृष्ट २ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।