खेलकुद

महिला विश्वकप फुटबलमा फ्रान्स, जर्मनी र नर्वे विजयी 

- फ्रान्समा जारी महिला विश्वकप फुटबलका पछिल्ला खेलमा फ्रान्स, जर्मनी र नर्वे विजयी भएका छन् । चीन भने स्पेनसंग गोलरहित बराबरीमा रोकिएको छ । यो नतिजाले समुह ए र बी बाट प्रि–क्वाटरफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । शत प्रतिशत नतिजा निकाल्दै आयोजक फ्रान्स समुह बिजेता बन्दा ६ अंकका साथ नर्वे समुह ए को उप बिजेता बन्यो ।

फ्रान्सले नाईजेरियाविरुद्ध १–० को संर्घषपुर्ण जित निकाल्यो । ७९ औँ मिनेटमा पेनाल्टिमार्फत फ्रान्सले निर्णायक गोल गरेको थियो । साउथ कोरियालाई २–१ ले हराएको नर्वे ६ अंकमा तालिकाको दोस्रो स्थानमा रहँदै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । 

समुह बी अन्तर्गतको खेलमा शत प्रतिशत नतिजा निकाल्ने क्रममा जर्मनीले साउथ अफ्रिकालाई ४–० को फराकिलो अन्तरले हरायो । समुह चरणका सबै खेलमा विजयी बनेको जर्मनी ९ अंकमा समुह विजेता बन्यो । चीनसँग गोलरहित बराबरी खेलेको स्पेन ४ अंकमा समुह उपबिजेताका रुपमा प्रि–क्वाटरफाइनलमा प्रवेश गर्यो । चीनसँग समान अंक भएपनि स्पेन गोल अन्तरमा अघि रहँदै नकआउट चरणमा प्रबेश गरेको हो ।