खेलकुद

वुमन्स च्याम्पियन्स लिग क्रिकेट आज सुरु हुदै 

काठमाडौं


-नेपालमा पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट वुमन च्याम्पियन्स लिग आज सुरु हुदैछ । क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा चितवन राईनोज र क्विन्स काठमाण्डौबिच प्रतिस्पर्धा हुनेछ ।

राजधानीको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे उद्घाटन खेल सुरु हुनेछ । काठमाण्डौ रुबिना क्षेत्री र चितवन ईन्दु बर्माको कमानीमा मैदान उत्रनेछन् । 
फ्रेन्चाईज ५ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले ७ लाख तथा उपविजेताले ३ लाख रुपैया हात पार्नेछन् ।