खेलकुद

मच्छिन्द्र छैठौं माइभ्याली गोल्डकपको च्याम्पियन

- विप्लव भट्टराईंइलाम

– मच्छिन्द्र क्लव इलाममा सम्पन्न छैठौं माइभ्याली गोल्डकपको च्याम्पियन बनेको छ । आयोजक माइभ्याली फुटवल क्लव विरुद्ध १–० को जित निकाल्दै मछिन्द्रले उपाधी चुमेको हो । अतिरिक्त समयमा निया एन्ड्रेसले गरेको गोल मछिन्द्रलाई उपाधी दिलाउन पर्याप्त रहयो । 

भारी बर्षाका बाबजुत पनि सञ्चालन गरिएको दोस्रो हाफमा खेलाडीलाई सम्हालिएर खेल्न अप्ठेरो भएको थियो । उपाधी विजेता मछिन्द्रले नगद ८ लाख रुपैयाँ प्राप्त गर्‍यो । उप विजेता माइभ्यालीले ५ लाख रुपैयाँमा चित्त बुझायो । फागुन १५ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमको सहभागिता थियो ।