खेलकुद

फिफाले १० मिलियन डलर सहयोग गर्ने

- (एजेन्सी)काठमाडौं.

विश्व फुटबलको सर्बोच्च निकाय फिफाले कोरोना संक्रमणविरुद्ध लड्न १० मिलियन अमेरिका डलर दिने भएको छ । कोरोना रोकथामका विरुद्ध लड्न विश्व स्वास्थ्य संगठनमार्फत सो रकम बिभिन्न मुलुकमा पठाईने फिफाले जनाएको छ। 

फिफा अध्यक्ष जियानी ईन्फान्टीनोले विश्वव्यापी महामारीको अवस्थालाई ध्यानमा राखी त्यसको लडाईमा आफुहरुको पनि ऐक्यबद्धता जनाउँदै सो रकम सहयोग गर्न लागेको बताउनुभयो । विश्व स्वास्थ्य संगठनको कोषलाई प्रदान गरिने सो रकम कोरोना भाईरसबाट अति प्रभावित तथा संक्रमणको जोखिममा रहेका मुलुकमा खर्च गर्ने फिफाले जनाएको छ ।

युरोपमा प्रकोपको रुपमा रहेको कोरोना भाईरसले अहिले दक्षिण पूर्वी एसियाली मुलुकमा पनि जरा गाड्दै गएको छ । कोरोना रोकथामका लागि विश्वका बिभिन्न निकाय तथा संघहरुले विश्व स्वास्थ्य संगठनको कोषमा सहयोग गर्ने क्रम जारी रहेका बेला फिफाले पनि ठुलो रकम सहयोग गरेको हो ।