कोरोना महामारीका बीच हंगेरीमा दर्शक सहितको खेल
- काठमाडौंकोरोना महामारीकै बीच हंगेरीले दर्शक सहितको फुटबल खेल आयोजना गरेको छ ।
बुधबार राति भएको हंगेरियन कपको फाइनल खेलमा दर्शकहरुलाई शारीरिक दूरी कायम राख्न भनिएपनि लामो समयपछि रंगशाला छिर्न पाएका उनीहरुले त्यसको पूर्णत: उल्लंघन गरेको पाइएको छ ।
६७ हजार भन्दा बढी सिट क्षमताको पुस्कास रंगशालामा एक तिहाइ दर्शकलाई मात्रै प्रवेश गराइएको थियो ।
दर्शकहरुले केही समय शारीरिक दूरी कायम राखेपनि प्रत्येक गोलपछि उनीहरुले त्यसको अवज्ञा गर्दै खुशीयाली मनाएका थिए ।
खेलमा बुढापेस्ट होन्भेडले मेजोकोभेस्ड सोरीलाई २–१ ले हरायो । उसले उपाधि जितेको यो आठौं पटक हो ।
योसँगै हंगेरी कोरोना महामारीका बीच दर्शक सहितको फुटबल आयोजना गर्ने पहिलो यूरोपेली मुलुक बनेको छ ।