खेलकुद

प्रिमियर लिगमा आज ५ खेल हुँदै

- एजेन्सीएजेन्सी

ईङलिश प्रिमियर लिग फुटबलमा आज ३१ औं चरणका थप ५ खेल हुदैछन् । आज शीर्ष स्थानको लिभरपुलले क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ । 

घरेलु मैदान एन्फिल्डमा नेपाली समयानुसार राती एक बजे हुने खेलमा लिभरपुल सहज जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ । आज जित हात पारे लिभरपुल उपाधिबाट २ अंक मात्र टाढा हुनेछ । नवौं स्थानको क्रिष्टल भने कम्तीमा २ स्थान सुधारको योजनामा छ ।

आजै म्यानचेष्टर युनाईटेडले सेफिल्ड युनाईटेडसँग खेल्नेछ । घरेलु मैदान ओल्डट्राफोडमा नेपाली समयानुसार राती पौने ११ बजे हुने खेलमा जित निकाल्न सके म्यान युनाईटेडले पाँचौ स्थानमा ३ अंकको अग्रता लिनेछ । बलियो टोली युनाईटेडलाई हराउन सके आठौं स्थानको सेफिल्डले टटनहाम र ओल्भरहेम्प्टनमाथि दबाव बढाउने छ ।

सोही समय न्युकासल युनाईटेड र एष्टन भिल्ला, नर्बिच र एभर्टन तथा बर्नमाउथ र ओल्भरहेम्प्टन पनि आमने सामने हुनेछन् ।