खेलकुद

कीर्तिमानी मूल्यसहित सन्दीपले तेस्रो पटक सीपीएल खेल्ने

- प्रकाश पाठककाठमाडौं

लेगस्पिनर सन्दीप लामिछानेले लगातार तेस्रो पटक क्यारेबियन प्रिमियर लिग(सीपीएल) खेल्ने भएका छन् । उनलाई कीर्तिमानी मुल्यमा जमैका तलावाजले टोलीमा अनुबन्धन गरेको हो । गएराती भएको ड्राफ्टमा उनलाई जमैकाले १ लाख ३० हजार अमेरिकि डलर अर्थात १ करोड ५५ लाख रुपैयामा अनुबन्धन गरेको हो । 

सन्दीपले सीपीएलका लागि आफ्नो मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपसंगै अफगानी अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियन ब्याट्सम्यान बेन डंक पनि सोही मूल्यमा अनुबन्धित भएका छन् ।

यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट सीपीएल खेलेका थिए । सीपीएलको पहिलो संस्करणमा सन्दीप ५ हजार अमेरिकी डलर तथा दोस्रो संस्करणमा ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । 

सन्दीप आबद्ध जमैका तलावाजमा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, ओशाने थोमस, ग्लेन फिलिप्स लगायतका चर्चित खेलाडी रहेका छन् । यस सिजनको सीपीएल ट्रिनिडाड एन्ड टोबागोमा आउादो अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म आयोजना हुने तय भएको छ ।