खेलकुद

दोस्रो ईनिङसमा पनि ईङल्याण्डको कमजोर ब्याटिङ

- एजेन्सीएजेन्सी

वेष्ट ईण्डिजबिरुद्धको पहिलो टेष्टको दोस्रो ईनिङसमा पनि ईङल्याण्डले खराब ब्याटिङलाई निरन्तरता दिएको छ । बिना क्षती १५ रनबाट चौथो दिनको खेल थालेको ईङलिश टोलीले दिनको समाप्तीमा ८ विकेट गुमाएर २ सय ८४ रन बनाएको छ । 

यो अवस्थामा ईङलिश टोलीले मात्र १ सय ७० रनको अग्रता बनाएको छ । दोस्रो ईनिङसमा पनि वेष्ट ईण्डिजका बलर चम्किएका छन् । ज्याक क्राउलीले ७६ रन बनाएको ईङ्लीस ईनिङसमा डोम सिब्लेले ५०, बेन स्टोक्सले ४६ र रोरी बुर्नसले ४२ रन बनाए । 

साननोन ग्राबियलले ३ तथा रोष्टोन चेस र अल्जारी जोसेफले समान २ विकेट लिए । जेसन होल्डरको नाममा एक विकेट रह्यो ।

अन्तिम दिन आज घरेलु टोलीले ८ विकेट गुमाएर २ सय ८४ रन जोडेको अवस्थाबाट आफ्नो ईनिङस अघि बढाउने छ ।