इटालियन सिरी ए मा युभेन्टस पराजित
- एजेन्सीइटालियन सिरी ए फुटबलको पछिल्लो खेलमा युभेन्टस काग्लीयारीसँग पराजित भएको छ । यस सिजनको उपाधी हासिल गरिसकेको युभेन्टसलाई काग्लीयारीले २–० गोल अन्तरले स्तब्ध पारेको हो ।
खेलको ८ औं मिनेटमा लुका गागलियानो र ४५ औं मिनेटमा जियभानी सिमोनले काग्लियारीका लागी गोल गरेका हुन् । खेलको अधिकांश समय युभेन्टसले दबाब कायम राखेपनि गोलमा त्यसलाई बदल्न नसक्दा हार भोग्न बाध्य भयो ।
जारी सिजन युरोपको सर्वाधिक गोलकर्ता बन्ने क्रिष्टियानो रोनाल्डोको प्रयास समेत सो खेलम असफल भएको हाृ । उनले सिरी एमा ३१ गोल गरेका छन् भने लाजियोका स्ट्राइकर सिरोले जारी सिजन ३५ गोल गरेका छन् ।