फुल्ह्याम च्याम्पियनसीप प्लेअफको फाईनलमा
एजेन्सीफुल्ह्याम च्याम्पियन्सीप प्लेअफको फाईनलमा प्रबेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगमा कार्डीफ सिटीसँग २–१ को हार भोगेपनि समग्रमा ३–२ को जित निकाल्दै फुल्ह्यामले उपाधि यात्रा तय गरेको हो ।
पहिलो लेगमा फुल्ह्यामले २–० को जित निकालेको थियो । दोस्रो लेगमा कार्डिफका कुर्टिस नेल्सन र लि टोमलिनले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । फुल्ह्यामका निस्केन्स केबानोले सान्त्वना गोल फर्काए ।
उसले च्याम्पियन्सीपको प्लेअफ फाईनलमा ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ । स्वान्सीलाई हराउँदै ब्रेन्टफोर्डले उपाधि यात्रा तय गरेको हो ।