खेलकुद

पोग्बा अब सन् २०२२ सम्म ओल्ड ट्राफोर्डमै रहने पक्का

- एजेन्सी

इङलिस क्लव म्यानचेस्टर युनाईटेडले फ्रान्सेली पल पोग्बालाई थप एक वर्ष क्लवमै राख्ने भएको छ । २७ वर्षीय मिडफिल्डर पोग्बा अब सन् २०२२ सम्म ओल्ड ट्राफोर्डमै रहने पक्का भएको छ । 

पोग्बा र युनाईटेडबीचको सम्झौता यसै सिजनको अन्त्यमा सकिदंै थियो । तर, सम्झौता नसकिदै पोग्बाले युनाईटेडसँग १ वर्षको करार थपेका हुन् । पछिल्लो समय पोग्बा स्पायनीश क्लब रियल मड्रिड जाने हल्ला चलेको थियो ।

पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट युनाईटेड आएका थिए । चोटका कारण पोग्बाले गत सिजन युनाइटेडका लागि मात्र २२ खेल खेलेका थिए । यो सिजन उनले म्यान युनाइटेडबाट तीन खेल खेलिसकेका छन् ।