खेलकुद

इण्डियाका फाष्ट बलर सामीले चोटका कारण अष्ट्रेलियाविरुद्धको बाँकी टेष्ट नखेल्ने

- एजेन्सी

इण्डियाका फाष्ट बलर मोहमद सामीले चोटका कारण अष्ट्रेलियाविरुद्धको बाँकी टेष्ट नखेल्ने भएका छन् । पहिलो टेष्टको दोस्रो इनिङ्समा व्याटिङका क्रममा उनले दायाँ हातमा चोट बोकेका थिए । इण्डियाले ३६ रन मात्र बनाएको सो इनिङ्समा बलले लागेपछि उनको दाँया हातको हड्डी भाँचिएको थियो । उनी एक रनमा रिटायर्ट भएका थिए । सो टेष्ट इण्डियाले ८ विकेटले हारेको थियो ।

भारतीय क्रिकेट बोर्डले बाँकी ३ टेष्टका लागि सामीको स्थानमा कस्लाई टिममा बोलाउने भन्ने बारे यकिन गरेको छ । उनको स्थानमा कार्तिक त्यागी, टि नटराजन र शार्दुल ठाकुरको नाम चर्चामा छ । दोस्रो टेष्ट शनिबार मेलवर्नमा सुरु हुदैछ ।

यस्तै पाकिस्तानका बाबर आजम र इमाम उलहकले न्युजिल्याण्डविरुद्धको पहिलो टेष्ट खेल्न नपाउने भएका छन् । ट्ेरनिङका दौरान औलामा चोट बोकेपछि ओपनरद्वयले पहिलो टेष्ट गुमाउने भएका हुन् । पाकिस्तानी क्रिकेट बोर्डले मोहमद रिजवानलाई पहिलो पटक टेष्ट क्रिकेटको कमानी सुम्पिएको छ । पाकिस्तानले पहिलो पटक इमरान बटलाई टेष्ट टिममा बोलाएको छ ।