खेलकुद

महिला फुटबल टिमको प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त

- केएफएम डेस्ककाठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को ५ सदस्यीय प्राविधिक टोलीले अष्ट्रेलियाका फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । 

एन्फाले उनलाई महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपको लागि प्रशिक्षक नियुक्त गरेको हो । फिलिप्स एन्फाको प्राविधिक निर्देशनको रुपमा काम गर्दै आएका थिए ।

उनले सन् २०१४ देखि सन् २०१५ सम्म पपुआ न्युगिनीको महिला टिमको जिम्मेवारी सम्हालेका थिए ।

मुख्य प्रशिक्षकको नियुक्तीसँगै बन्द रहेको महिला टिमको प्रशिक्षण छिट्टै सुरु हुने र खेलाडीलाई साफ वुमन्स च्याम्पियन्ससिप र एएफसी वुमन्स एसियन कप क्वालीफाइयर्सका लागि तयार गरिने एन्फाले जनाएको छ ।