कोपा अमेरिका फुटबलमा ब्रजिलको शानदार शुरुवात
- काठमाडौंआयोजक ब्रजिलले कोपा अमेरिका फुटबलमा शानदार शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० ले हराउँदै ब्रजिलले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
कोरोना महामारीका कारण अधिकांश खेलाडी प्रभावित भएको भेनेजुएलाविरुद्ध ब्रजिलले एकतर्फी जित निकालेको हो ।
उसको जितमा मार्किन्हस, नेयमार र बार्वोसा अलमेईडाले गोल गरे । २३ औ मिनेटमा मार्किन्हसको गोलमा अग्रता बनाएको ब्रजिलका लागि नेयमारले ६४ औ मिनेटमा पेनाल्टीमार्फत अर्को गोल थपेका थिए ।
खेलको ८९ औं मिनेटमा अलमेईडाले गोल गर्दै टोलीलाई सहज जित दिलाए । जितसँगै ब्राजिलले समुह ए मा ३ अंक हात पारेको छ ।
अर्को खेलमा कोलम्बियाले ईक्वेडरमापथि १–० को जित निकाल्यो ।