खेलकुद

दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

- केएफएम डेस्ककाठमाडौं

एएफसी महिला एसियन कप फुटबल छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरी भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो । 

आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । 

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध २–१ को जित हात पारेको थियो ।