खेलकुद

बार्सिलोना बिजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बिजयी भएको छ । गएराति भएको खेलमा १० खेलाडीमा सिमित सेल्टा भिगोलाई बार्सिलोनाले ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा मेम्फिस डिपेले ३० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा पिएरे एम्रिक अबुमेयाङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको ४८ औं मिनेटमा अबुमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । ५० औं मिनेटमा सेल्टाको इयागो आसपसले गोल गरेपनि बार्सिलोना ३–१ ले विजयी भयो । खेलको ५८ औं मिनेटमा जेइसन मुरिलोले रातो कार्ड पाएपछि सेल्टा १० खेलाडीमा समेटिएको थियो । जितपछि बार्सिलोना ३६ खेलमा ७२ अंक सहित दोस्रो स्थानमा रहेको छ । सेल्टा ४३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।