फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत आज समुह सी र डी का खेलहरु हुँदैछन् । आज समूह सी का दुई टोली अर्जेन्टिना र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । खेल कतारको लुसेल स्टेडियममा अपरान्ह् पौने ४ बजे हुनेछ । दुई पटक विश्वकप उपाधि जितेको अर्जेन्टिना साउदीसँग विश्वकपमा पहिलो पटक पटक भिड्दै छ ।
अर्जेन्टिनाले सन् १९७८ र ८६ गरेर दुई पटक विश्वकप उपाधि जितेको थियो । अर्जेन्टिनाले हालसम्म १८ पटक विश्वकप खेलिसकेको छ भने साउदी अरबले छैटौं पटक विश्वकप खेल्दैछ । यस्तै, समूह डी का दुई टोली डेनमार्क र ट्युनिसियाबीच पनि आजै प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत आजै हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ ।
समुह सी मा रहेका यी दुई टोली बीचको खेल राति पौने १० बजे सुरु हुनेछ । आजै राति पौने १ बजे हुने चौंथो खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ । दुबै टोली समूह डी मा छन् ।