खेलकुद

विश्वकप क्रिकेटः इन्डियाद्वारा अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य पेश

- केएफएम डेस्ककाठमाडौं

आईसीसी एकदिवसीय पुरष विश्वकप क्रिकेटको उपाधिका लागि घरेलु टोली इन्डियाले अष्ट्रेलियासामू २ सय ४१ रनको लक्ष्य पेश गरेको छ ।

 अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको इन्डियाले निर्धारीत ओभरमा अल आउट हुँदै २ सय ४० रनको योगफल तयार पारेको हो ।

 इन्डियाका शीर्ष क्रमका ब्याट्म्यानको कमजोर प्रदर्शन रहेको खेलमा ओपनर शुभमन गिल ४ रनमा आउट भए । कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाउन सके । विराट कोहलीले ६३ बलमा ४ चौका सहित ५४ रन बनाउँदा श्रीयस अयरले ४ रन मात्र बनाउन सके ।

 पाँचौ नम्बरमा आएका केएल राहुलले १ सय ७ बलको सामना गर्दै ६६ रन जोडेका थिए । त्यसपछि रविन्द्र जडेजाले ९, सूर्यकुमार यादबले १८, मोहम्मद शामीले ६ तथा जसप्रित बुमराहले १ रन बनाए । कुलदिप यादवले १० तथा मोहम्मद सिराजले ८ रन बनाउँदै २ सय ४० रनको योगफल बनाएका हुन् ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ३, जोश हेजलवुड र प्याट क्यूमिन्सले समान २÷२ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाको नाममा १÷१ विकेट रह्यो ।