खेलकुद

खाँदबारीमा राष्टिय भलिवल प्रतियोगिता हुने

- दीपेन्द्र शाक्य,संखुवासभा

संखुवासभाको सदरमुकाम खाँदबारीमा आगामी फागुन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागिय गरि १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले १ लाख ५० हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।