खेलकुद

खुला भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई

- प्रकाश बरालबागलुङ

खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ । बागलुङ उद्योग बाणिज्य संघद्वारा आयोजित सातौं बागलुङ महोत्सवमा संचालित प्रतियोगिता अन्तर्गत आज भएको फाइनलमा गलकोटले ताराखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।

ताराखोलाले गलकोटलाई २५–२०, २५–२२ र २५–२२ को सेट सुम्पियो । प्रतियोगिताको विजेता गलकोटले उपाधिसँगै १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेता ताराखोलाले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।