भारोत्तोलन खेलाडी सागर भण्डारीको तीन नयाँ राष्ट्रिय कीर्तिमान
- काठमाडौंभारोत्तोलन खेलाडी सागर भण्डारीले तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
भण्डारीले आफ्नै कीर्तिमानमा सुधार गर्दै १ सय ९ केजीमाथि तौल समूहमा नयाँ कीर्तिमान बनाएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
थाइल्यान्डमा आयोजित आइ डब्लू एफ भारोत्तोलन विश्वकपमा स्नाचतर्फ १ सय ३४ केजी, क्लिन एन्ड जर्कमा १ सय ७२ केजी र समग्रमा ३ सय ६ केजी भार उचाल्दै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।
यसअघि भण्डारीले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा स्नाचमा १ सय ३३ केजी तौल उचालेका थिए ।