दुई विभागीय टोली एपीएफ र पुलिस क्लब भिड्दै
- बाराजीतपुर–सिमरा गोल्डकप फुटलब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
बाराको सिमरा रंगशालामा हुने एपीएफ र पुलिसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । आजको खेलको विजेताले उपाधिका लागि मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पुलिसले आयोजक नव–जनजागृति युवा क्लब र एपीएफले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई २–० गोलले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्रको जितमा विमल घर्तीमगर र देवेन्द्र तामाङले गोल गरेका थिए ।
प्रतियोगितामा ‘ए’ डिभिजनका पाँच सहित १० वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।