खेलकुद

महिला एसिया कप क्रिकेटका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

- केएफएम डेस्ककाठमाडौं

नेपाल क्रिकेट संघ क्यानले २८ जना खेलाडीलाई महिला एसिया कप क्रिकेटका लागि बन्द प्रशिक्षणमा बोलाएको छ ।

आगामी जुलाई महिनाबाट श्रीलङ्कामा सुरु हुने महिला एसियाकपको तयारीका लागि क्यानले उनीहरुलाई बोलाएको हो ।

टोलीमा कप्तान इन्दू बर्मा, रुविना क्षेत्री, सीता रा राना मगर, कविता कुवँर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डोली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी र राजमती ऐरी छन् ।

यस्तै सबनम राई, रुबी पोदार, खुसी डंगोल, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम, करुना भण्डारी, संगीता राई, आरती महतो, सावित्री धामी, यशोधा विष्ट, सोनी पाख्रीन, हेलीशा गुरुङ टोलीमा छन् । नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स यूएई छन् ।

समूह बीमा बंगलादेश, मलेसिया श्रीलङ्का र थाइल्याण्ड छन् । नेपालले पाकिस्तान सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।