खेलकुद

यूरोकपमा आज तीन खेल हुँदै

- केएफएम डेस्ककाठमाडौं

यूरोकप फुटबलमा आज विभिन्न ३ वटा म्याच हुँदै छ । समूह इ को एक र एफको २ वटा म्याच हुने भएको हो । 

आज हुने पहिलो खेलमा समूह एफका जर्जीया र चेक रिपब्लीक बीच साँझ पौने ७ बजे प्रतिस्पर्धा हुने छ । 

समान ३–३ अंक भएपनि गोल अन्तरका आधारमा टर्की शीर्ष स्थानमा छ भने पोर्चुगल दोस्रो स्थानमा छ । यसैबीच आजै हुने दोस्रो खेलमा पोर्चुगल र टर्कीबीच  प्रतिस्पर्धा हुनेछ । सो खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ । जारी प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको दूवै टोली अंकविहीन छन् ।

 समूहको अंकतालीकामा चेक रिपब्लीक तेस्रो तथा जर्जीया चौथो स्थानामा रहेका टोली हुन् । 

आज हुने तेस्रो खेलमा समूह इ को शीर्ष स्थानको रोमानीया र चौथो स्थानमा रहेको बेल्जीयम बीच राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ । आजको खेलमा अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न बैलजीयम जित्नै पर्ने दबाबमा छ ।