खेलकुद

दोस्रो राष्ट्रिय खुला महिला हाफ म्याराथन दौडको उपाधि पुलिस क्लबकी राजपुरा पछाईँलाई

- केएफएम डेस्ककाठमाडौं

नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले सशस्त्र प्रहरीद्धारा आयोजित दोस्रो राष्ट्रिय खुला महिला हाफ म्याराथन दौडको उपाधि जितेकी छन् ।

काठमाडौंमा भएको दौडको निर्धारित २१ किलोमिटर दुरी राजपुराले एक १ घण्टा १९ मिनेटमा पूरा गरिन् । सशस्त्रको मुख्यालय हल्चोकबाट सुरु भएको हाफ म्याराथन बालाजु चोक, नयॉ बसपार्क, बसुन्धारा, महाराजगन्ज, त्रिवि शिक्षण अस्पताल, लैनचौर, जमल, घण्टाघर, सहिद गेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, रविभवन, कलंकी हुँदै पुनः एपीएफ रंगशाला पुगेर सकिएको थियो ।

विजेता राजपुराले एक लाख पुरस्कार पाइन् । उनले कान्तिपुर हाफ म्याराथन, आर्मी हाफ म्याराथनलगायत थुप्रै प्रतियोगितामा सफलता पाएकी छन् । नेपाल पुलिसकी राममाया बूढाले दोस्रो हुदै ७५ हजार रुपैयाँ जितिन् ।

एपीएफ क्लबकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट ४५ सेकेन्डमा उक्त दूरी पार गरी तेस्रो भइन् । उनले ५० हजार रुपैयाँसहित पुरस्कार पाइन् । म्याराथनमा डेढ सय धाविकाको सहभागिता थियो ।