युरो कपमा रोमानियाविरुद्ध बेल्जियमको रोमाञ्चक जित
- काठमाडौंबेल्जियमले युरो कप फुटबलमा रोमानियाविरुद्ध रोमाञ्चक जित हात पारेको छ । जमर्नीको कोलोन स्टेडियममा गएराति भएको समूह ‘ई’को खेलमा बेल्जियमले रोमानियालाई २–० गोल अन्तरले हराएको हो ।
युरी टिलम्यान्सले खेलको दोस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । दोस्रो हाफमा केभिन डी ब्रुइनले अर्को गोल गर्दै बेल्जियमको सुनिश्चित गरे । ब्रुइनले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए ।
यो नतिजासँगै बेल्जियम ३ अंकका साथ समूह ‘ई’को दोस्रो स्थानमा रह्यो । बेल्जियम आफ्नो सुरुवाती खेल स्लोभाकियासँग हारेपछि दबाबमा थियो ।
रोमानिया समान ३ अंकका साथ गोल अन्तरका आधारमा समूहको शीर्ष स्थानमा छ ।