खेलकुद

युरो कप फुटबलमा जर्मनी र स्वीट्जरल्याण्डबीच बराबरी

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

युरो कप फुटबलमा जर्मनीले स्वीट्जरल्याण्डलाई बराबरीमा रोकेको छ । फ्रान्कफर्ट एरिनामा गएराति भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोली जर्मनीले स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो । 

डन एन्डोयेको गोलबाट स्वीस टोलीले अग्रता लिएको थियो । तर, स्वीस टोलीले अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । दोस्रो हाफको अतिरिक्त समयमा जर्मनीका निक्लास फुलक्रगले बराबरी गोल फर्काए । 

यो नतिजासँगै जर्मनी ७ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डको ५ अंक भएको छ । स्वीट्जरल्याण्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल रह्यो ।

यसैबीच, गएराति नै भएको समूह ए को अर्को खेलमा हंगेरीले स्टकल्याण्डलाई पराजित गरेको छ । स्टटगार्ट एरेनामा भएको समूह ‘ए’को अन्तिम खेलमा हंगेरीले स्टकल्याण्डलाई १–० गोलले हराएको हो । 

यो हारसँगै स्टकल्याण्ड युरो कपबाट बाहिरिएको छ । समूहको तेस्रो स्थानमा रहेको हंगेरीको ३ अंक छ भने स्कटल्याण्ड १ अंकका साथ पुछारमा रह्यो । हंगेरीसामु भने तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा परेर नकआउट चरण पुग्ने सम्भावना कायम छ ।