काभा यू–२० महिला भलिबल खेल्ने नेपाली टोलीको घोषणा
- काठमाडौंनेपाल भलिबल संघले माल्दिभ्समा आयोजना हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने टोलीको घोषणा गरेको छ ।
संघले बाग्मतीका ६, लुम्बिनीका ४ तथा सुदूरपश्चिम र गण्डकी प्रदेशबाट १–१ जना सहित २० सदस्यीय खेलाडी छनोट गरेको हो ।
प्रतियोगिता माल्दिभ्सको मालेमा यही असार ३१ देखि साउन ९ गतेसम्म चल्ने नेपाल भलिबल संघले जनाएको छ ।
टोलीमा बाग्मतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ छन् ।
लुम्बिनीका निशा चौधरी, अनुशा चौधरी, मीना सुनार र आरती चौधरी तथा सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना र गण्डकीबाट आशिका क्षेत्री छानिएका छन् ।
मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर छन् ।