काभा यू–२० भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गीस्तानसँग खेल्ने
- काठमाडौंकाभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।
आफ्नो पहिलो खेलमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको नेपाली टोली आज पहिलो जितको खोजीमा छ ।
यता, घरेलु टोलीमा ल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको किर्गिस्तान लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
नेपालले आफ्नो अन्तिम खेल भोली आयोजक माल्दिभ्ससँग खेल्नेछ ।
सिंगल राउन्ड रोबिनका आधारमा हुने खेल पश्चात लिगमा पहिलो र चौंथो हुने तथा दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल साउन ८ मा हुनेछ ।