खेलकुद

काभा वुमन्स भलिबल लिगको खेल तालिका सार्वजनिक

- केएफएम डेस्क काठमाडौं

काभा वुमन्स भलिबल नेसन्स लिगको ट्रफि र खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल भलिबल संघले आज एक कार्यक्रमकाबीच ट्रफि र खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने जानकारी दिएको हो ।

प्रतियोगिताको उद्घााटन खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । पाँच टोली सहभागी प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल साउन १८ मा भारत, तेस्रो खेल साउन १९ मा इरान र चौथो खेल साउन २० मा माल्दिभ्ससँग खेल्ने तालिका छ । राउन्ड रोविन लिगपछि शीर्ष चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो भएका टोलीबीच सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलका खेल साउन २२ र फाइनल खेल साउन २३ गते हुनेछ ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपालले काभा नेसन्स लिगकै तयारी स्वरुप गत साता रसियन टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो ।