खेलकुद

प्रिमियर लिग आर्सनलले एस्टनलाई हरायो

- बीबीसीकाठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ । भिल्ला पार्क स्टेडियममा गएराति भएको खेलमा आर्सनलले घरेलु टोली एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा लिआन्ड्रो ट्रोसार्ड र थोमस पार्टीले एक–एक गोल गर्दै आर्सनललाई जित दिलाए ।

६७ औं मिनेटमा ट्रोसार्डले गरेको गोलबाट आर्सनलले अग्रता लिएको खेलको ७७ औं मिनेटमा पार्टीले अर्को गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे ।

यसअघि भएको लिगको आफ्नो पहिलो खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले पराजित गरेको थियो । यो नतिजासँगै आर्सनल ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । 

समान ६÷६ अंकका साथ साविक विजेता म्यानचेष्टर सिटी पहिलो र ब्राइटन दोस्रो स्थानमा छ ।

यस्तै, एर्लिङ हालान्डको ह्याट्रिक गोलको मद्दतमा साविक विजेता म्यानचेस्टर सिटीले इप्सविचमाथि सानदार जित हात पारेको छ ।इतिहाद स्टेडियममा भएको खेलमा सिटीले इप्सविचलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । 

लिगकै अर्को खेलमा टोटेनह्याम हटस्परले एभर्टनलाई ४–०, वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई २–०, फुलहमले लेस्टर सिटीलाई २–१ र नटिंघम फरेस्टले साउथह्याम्पटनलाई १–० गोलले पराजित गरेको छ ।