ला लिगामा एलाभेसको पहिलो जित
- काठमाडौंस्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभो एलाभेसले पहिलो जित हात पारेको छ । एलाभेसले गएराति भएको खेलमा १० खेलाडीमा सीमित रियल सोसिडाडलाई उसैको घरेलु मैदानमा २–१ गोलले हराएको हो ।
खेलको ३२ औं मिनेटमा ब्राइस मेन्डेजको गोल मार्फत घरेलु टोली रियलले अग्रता लिएको थियो । तर, पहिलो हाफको अतिरिक्त समयमा एलाभेसका एसियर भिलालिब्रेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
खेलको ७७ औं मिनेटमा टोनी मार्टिनेजले गोल गर्दै एलाभेसको जित सुनिश्चित गरे । यो नतिजासँगै एलाभेसचार अंकका साथ तालिकाको नवौं स्थानमा रह्यो । रियल सोसिडाड ३ अंक सहित १२ औं स्थानमा छ ।
यस्तै, अर्को खेलमा एथलेटिक क्लबले भ्यालेन्सियालाई पराजित गरेको छ । सान मामेस स्टेडियममा भएको पछिल्लो खेलमा एथलेटिक क्लबले भ्यालेन्सियालाई १–० गोलले हराएको हो ।
एथलेटिकको जितमाखेलको ४५ मिनेटमा बेनेट प्राडोसले गरेको गोल निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा एटलेटिको म्याड्रिडले इस्पान्योलसँग गोलरहित बराबरी खेलेको छ ।
नयाँ सिजनमा एटलेटिकको यो दोस्रो बराबरी हो । यो बराबरीसँगै उसको तीन खेलबाट पाँच अंक भएको छ । इस्पनयोलले एक अंक जोडेको छ ।