एन्फा महिला लिगःआर्मी र एपीएफ तथा संकटा क्लब र कोशी प्रदेशबीच बराबरी
- काठमाडौंएन्फा महिला लिग फुटबलमा आज भएका दूबै खेल बराबरीमा सकिएको छ । पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
गोलरहित बराबरीमा पहिलो हाफ सकिएको खेलमा पुलिसका लागि ४८ औं मिनेटमा अमृता जैशीले गोल गरिन् । ६३ औं मिनेटमा आर्मीका लागि अमिशा कार्कीले पुनरागमन गोल गर्दै टोलीलाई हारबाट जोगाएकी हुन् ।
पुलिस क्लब ५ खेलमा ३ जीत र २ हारसँगै ११ अंकका साथ तालिकाकाले शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ३ जीत र १ हारसँगै १० अंक सहित आर्मी गोल अन्तरका आधारमा चौथो स्थानमा झरेको छ ।
आजै भएको अर्को खेलमा संकटा क्लब र कोशी प्रदेशले पनि अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दूई टोलीबीच गोलरहित बराबरी भएको हो ।
तालिकाको तेस्रो स्थानमा रहेको कोशी प्रदेशले जारी प्रतियोगितामा पहिलो पटक अंक बाँडेको हो भने संकटा दोस्रो पटक बराबरीमा रोकिएको हो । कोशी प्रदेशले १० अंक जोड्दा सातौं स्थानको संकटाले ६ अंक जोडेको छ ।