खेलकुद

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल र क्यानडा भिड्ने

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । क्यानडा भ्रमणमा रहेको नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो । 

किङ् सिटी स्टेडियममा हुने नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । गत फेब्रुअरी अन्तिम साता कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्डसँग लिग–२ कै ओडीआई सिरिजमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । 

फेब्रुअरी अन्तिम साता घरेलु सिरिजमा ४ मध्ये ३ खेल गुमाएको नेपाललाई यस पटक भने जिनै पर्ने दबाब छ । लिग–२ को तालिकामा नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । 


क्यानडा भ्रमणमा क्रममा नेपालले आफ्नो दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । एसोसिएट टोली मध्येको शीर्ष टोली बन्न नेपालले होम ग्राउन्डका मात्रै नभएर अवेका खेलहरु पनि जित्नु आवश्यक छ ।