खेलकुद

पुलिस क्लबले चन्द्रपुर नगरपालिकाको सामना गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

एन्फा महिला लिग फुटबलको छैंठौं चरणका खेलमा आज विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकाको सामना गर्दैछ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पुलिस र चन्द्रपुर नगरपालिकाको खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ । 

अंक तालिकाको दोस्रो स्थानमा रहेको पुलिसको मनोबल उच्च छ । उसले ५ खेलबाट ११ अंक जोडेको छ । समान ५ खेल खेलेको चन्द्रपुर ६ अंकका सात तालिकाको छैठौं स्थानमा रहेको छ ।

यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे ३ बजे सुरु हुनेछ । 

कर्णालीले ५ खेलबाट एक अंक मात्र जोड्न सकेको छ । सुदूरपश्चिम भने अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।