खेलकुद

साफ यू–१७ च्याम्पियनसिपः सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोलले पराजित

- केएफएम डेस्ककाठमाडौं

भुटानको थिम्पुमा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भारतले नेपालमाथी जित निकालेको हो । भारतले ६३ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । त्यस्तै ६८ औं मिनेटमा गोल गर्दै भारतले नेपालसँगको अग्रता दोब्बर बनाएको थियो ।

नेपालका तर्फबाट ८२ औं मिनेटमा सुवास वामले एक गोल फर्काएपनि भारतले ८५ औं मिनेटमा नेपालविरुद्ध तेस्रो गोल गरेको थियो ।

खेल सकिन केहि मिनेट बाँकी छँदा भारतले आत्मघाती गोल गरेपनि नेपाल पराजित हुन पुग्यो । दोस्रो हाफको इन्ज्युरी समयमा भारतले चौथो गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।